संखुवासभामा पत्रकार निराैलामाथि सांघातिक हमला

नेपाल पत्रकार महासंघ संखुवासभाका पूर्वअध्यक्ष एवं खाँदबारी नगरपालिका–५ का कार्यबाहक वडाध्यक्ष श्यामप्रसाद निरौलामाथि सांघातिक हमला भएको छ ।

शुक्रबार राति ८ बजेतिर वडा कार्यालयनजिकै निरौलालाई स्थानीय सुरेश तामाङले खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । तामाङलाई स्थानीयले तत्कालै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय खाँदबारीमा बुझाएका छन् ।

खुकुरी प्रहारबाट टाउकोको पछाडिपट्टिको भागमा चोट लागेको निरौलाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । दश टाँका लगाउनुपरेको भए पनि निरौला अहिले खतरामुक्त रहेको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ । 

नेपाल पत्रकार महासंघ संखुवासभाले पूर्वअध्यक्ष निरौलामाथि भएको आक्रमणको भर्त्सना गर्दै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गरेको छ । त्यसैगरी नेपाल प्रेस युनियन संखुवासभा शाखा र नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाले पनि विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १८:४२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया