कालापानी नजिक सशस्त्र प्रहरीले सुरु गर्यो गस्ती

भारतले अतिक्रमण गरेर सडक बनाएको कालापानी नजिक नेपालको सशस्त्र प्रहरीले गस्ती सुरु गरेको छ । पछिल्लो समय लिपुलेकमा नेपालको भूमिमा भारतले एक तर्फी रुपमा मानसरोवर जोड्ने सडक बनाएको थियो । यो सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए । उनले यो उद्घाटन गरेलगत्तै जनस्तरबाट यसको व्यापक विरोध सुरु भएको थियो । 

लगत्तै नेपाल सरकारले त्यहाँको छाङ्रुमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । 

अहिले त्यहाँ कम्तिमा पनि ३५ सशस्त्र प्रहरीले अब सीमा सुरक्षाको निगरानी गर्न थालेका छन् । गत मंसिरमै वीओपी स्थापनाका लागि छाङ्गरुमा जग्गा उपलब्ध भएको थियो । सेनाको हेलिकप्टरमार्फत आवश्यक सामान र शसस्त्र प्रहरीको टोली वीओपी स्थापनाका लागि त्यहाँ पुर्याइएको थियो ।

शसस्त्र प्रहरी वलले कालापानी क्षेत्रको सीमामा गस्ती लगायतको आफ्नो ड्युटी शुरु गरिसकेको छ । 





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार २०:५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया