आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या २ सय ९१ पुग्यो

काठमाडौं– आइतबार नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरुमध्ये ७ जना रौतहट, राजपुर नगरपालिका फरहदा–९ निवासी हुन् । सो स्थानका १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा अन्य तीनजना रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुष रहेको जनाइएको छ । उनीहरु सबै केही दिनअघि भारतबाट नेपाल आएक थिए ।

भारतबाट फर्केलगत्तै उनीहरुलाई सीधै क्वारेन्टाइनमा पठाएर गत शुक्रबार स्वाबको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो ।

हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार ९:५२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया