थपिए १० कोरोनाभाइरस संक्रमित, कूल २९१

नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या अब २ सय ९१ पुगेको छ । आइतबार विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रौतहटमा मात्रै १० जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राजपुर नगरपालिका फरहदा ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको जानकारी दिएका छन् ।

अन्य तीन जना इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुष हुन् । 

योसँगै नेपालमा कूल संक्रमितको संख्या २९१ पुगेको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा अहिलेसम्म ३५ जनाले कोभिड १९ लाई जितेका छन् । कोभिड १९ का कारण नेपालमा एक महिलाले ज्यान गुमाएकी छिन् । 





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार ९:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया