काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
जारी लकडाउन सोमबारदेखि सकिँदैं छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनबारे थप निर्णय लिनेछ ।
नेपालमा कोरोना संक्रमणका कार एकजनाको मृत्यु भइसकेको र दैनिक संक्रमितको संख्या थपिँदै गएकाले सरकारले लकडाउन थप्ने तयारी गरेको छ ।
मन्त्रिपरिषद् वैठक बस्नुअघि उच्चस्तरीय समन्वय समितिको बैठक बस्नेछ । साढे २ बजेका लागि बोलाइएको सो समितिको सुझाबका आधारमा सरकारले लकडाउनबारे निर्णय गर्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।