मौसम पूर्वानुमान : अपराह्नपछि चट्याङ र हावाहुरीसँगै वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पूर्वीलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ ।

अहिले देशको पूर्वी भूभागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको बताइएको छ । मुलुकभर स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ ।

विभागले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान गरेको छ । आगामी तीनदिनसम्म सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १०:१६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया