कोरोनाभाइरसबाट विदेशमा ९६ नेपालीको मृत्यु, कुन देशमा कति छन् संक्रमित ?

विश्व महामारी कोरोनाभाइरस (कोभिड १९) का कारण बिहीबार साँझ नेपालमा एक जनाको मृत्यु भएको छ । तर, विदेशमा बस्ने निकै धेरै नेपालीले यसका कारण ज्यान गुमाइसकेका छन् । 

शनिबार साँझसम्म विदेशमा ९६ गैरआवासीय नेपालीहरुको निधन कोभिड १९ का कारण भएको छ ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।

त्यस्तै, अमेरिकामा १५ नेपालीले ज्यान गुमाएका छन् । उता, संयुक्त अरब इमिरेट्स्ट ९युएइ० मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन एक जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । 

मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् । कोरोना भाइरसका कारणले यो साता मात्र नेपालमा सहित १८ जनाले ज्यान गुमाएका छन् । यो सातामात्र बेलायतमा १२, युएई ३, साउदी अरब २ र नेपालमा एक जनाले ज्यान गुमाएको एनआरएनएले तथ्यांक संकलन गरेको छ । 

एनआरएनएका अनुसार विश्वभर ६ हजार ७ सय ८१ नेपालीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । तर, अफ्रिकी मुलुकमा नेपालीमा अहिलेसम्म कोरोनाभाइरस संक्रमण देखिएको छैन ।



विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको तथ्यांकअनुसार अनुसार ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित छन् ।  

स्वास्थ्य समितिका अनुसार  कतारमा २ हजार ५ सय, अमेरिकामा १ हजार ६ सय, युकेमा १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएईमा २ सय, कुवेतमा ८४, साउदी अरबमा ६ सय ७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अष्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्वीजरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साईप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकंङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।



  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १०:२१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया