काठमाडौं– सिन्धुपाल्चोकमा चारवटा गाउँ सिल गर्दै सेना परिचालन गरिएको छ । कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएपछि ती महिलालाई उपचार गर्न लगिएको बाह्रबिसेको स्वास्थ्य चौकी र चारवटा गाउँ सिल गरिएको हो ।
लकडाउनमा कडाइ गर्न बाह्रबिसे नगरपालिकाका वडा नम्बर ८ र ९ तथा बलेफी गाउँपालिकाका ७ र ८ नम्बर वडामा सेना परिचालन गरिएको हो । बाह्रबिसे ती महिलाको घर हो भने बलेफी उनको माइती हो ।
शनिबार बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनको मृत्युलगत्तै शनिबारदेखि नै जोखिमयुक्त गाउँ र बजार क्षेत्रमा कडाइ गरिएको हो ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको टोली पनि सिन्धुपाल्चोक गएर अनुसन्धान गर्दै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।