पछिल्लो २४ घण्टामा भारतमा पाँच हजार कोरोना संक्रमित थपिए

काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा झण्डै पाँच हजार कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले एकै दिन चार हजार नौ सय ८७ नयाँ संक्रमित देखिएको जनाएको छ । पछि थपिएकासमेत गरी भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार नौ सय २७ पुगेको छ ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार आठ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक सय २० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा ३४ हजार एक सय नौ जना संक्रमित निको भएर घर फर्किएका छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार ११:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया