भारतले दियाे नेपाललाई ३० हजार पिसिआर टेस्ट किट

भारत सरकारले नेपाललाई कोभिड १९ परीक्षणका लागि आवश्यक पीसीआर टेस्ट किट सहयोग गरेको छ ।

भारतको दूतावासतर्फबाट राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किट आइतबार हस्तान्तरण गरे ।

भारतीय जनताकोतर्फबाट उपहार स्वरुप प्रदान गरिएको सो टेस्ट कीटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सकिने भारतीय दूतावासले जनाएको छ ।

१० वैशाखमा पनि राजदूत क्वात्राले नेपाललाई २३ टन औषधि हस्तान्तरण गरेका थिए । गत चैत २ मा भारतका प्रधानमन्त्रीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फ्रेन्स गरेर सार्कविरुद्ध साझा लडाईंमा समन्वय र सहकार्यको घोषणा गरेका थिए ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १२:३३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया