स्पेनमा पहिलो पटक मृतकको संख्या सयभन्दा कम

स्पेनले पछिल्लो २४ घन्टामा आफ्नो देशमा कोरोनाभाइरसका कारण भएको मृत्युको संख्यालाई सार्वजनिक गरेको छ । र, यो दुई महिना यताकै सबैभन्दा कम छ । 

पहिलो पटक दुई महिनामा स्पेनमा एक सयभन्दा कमले ज्यान गुमाएका छन् । 

स्पेनका अनुसार आइतबाट त्यहाँ ८७ जनाले मात्र ज्यान गुमाएका हुन् ।

कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित देशमा एक स्पेन पनि हो । 

त्यहाँ अहिलेसम्म २७ हजार ६ सय ५० जनाभन्दा बढीको मृत्यु कोरोनाभाइरसका कारण भएको छ । स्पेनमा अहिलेसम्म २ लाख ३१ हजार ५० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १७:१२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया