‘थप कडाइका साथ लकडाउन १५ दिन थपिन्छ’

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केही बेरमा सुरु हुने मन्त्रिपरिषद् बैठकले लकडाउनको विषयमा निर्णय गर्ने भएको छ ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय समन्वय समितिको सिफारिसमा आज मन्त्रिपरिषद् बैठकले लकडाउनबारे पनि निर्णय गर्ने बताइएको छ ।

यसअघि नेपालले लगाएको लकडाउन भोलि अर्थात् ५ जेठमा सकिँदै छ । 

आज बसेको समन्वय समितिले चाहिँ सरकारलाई थप १५ दिन लकडाउन थप्न सिफारिस गर्ने समितिका एक सदस्यले फरकधारलाई जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो समय संक्रमण पनि बढ्दै गएकाले सरकारलाई यो सिफारिस गर्न लागिएको हो । 

‘थप कडाइका साथ लकडाउन १५ दिन गरौँ र यसबीचमा अत्यन्त धेरै परीक्षण गरौँ भन्ने विषयमा छलफल भएको छ,’ उनले भने, ‘यसको अन्तिम निर्णय चाहिँ मन्त्रिपरिषद् बैठकले गर्नेछ ।’





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १७:२७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया