बहराइनमा पछिल्ला दिनमा थप ८६ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अब बहराइनमा ३ सय ३१ नेपालीमा कोरोनाभाइरस संक्रमण भएको प्रमाणित भएको छ ।
नेपाली दूतावासका अनुसार २४ वैशाख यता मात्र त्यहाँ ८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
बहराइनमा अहिलेसम्म ३ हजार ९ सय ७३ जनाभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये २ हजार ७ सय ६२ जना ठिक भइसकेका छन् ।
तर, यसमा कति नेपाली ठिक भएका छन् भन्ने तथ्यांक उपलब्ध गराइएको छैन ।
बहराइनमा पछिल्लो समय ३५ हजारभन्दा धेरै नेपाली रहेको अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।