समस्या थपिँदै गएकाे छ, समाधान खाेज्दै जाऔँ: मुख्यमन्त्री पाेखरेल
फाइल तस्वीर ।

कोरोना भाइरस (कोभिड–१९) को सन्दर्भमा प्रदेश ५का मुख्यमनत्री शंकर पोखरेलले रुपन्देहीका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायसँग भैरहवामा छलफल तथा सुझाव लिएका छन् ।

कोभिड-१९ विरुद्ध भइरहेका काम, योजना र प्राथमिकता बारे बोल्दै मुख्यमन्त्री पोखरेलले भने, 'शक्तिशाली राष्ट्रहरुले पनि भाइरस नियन्त्रण र समस्याको समाधान गर्न सकेका छैनन् हामीले प्रयास गरिरहेका छौ ।' समस्या थपिदै गएको छ समाधान खोज्दै जाने हो । स्थानीय सरकार र जनप्रतिनिधीहरुले गरेको सहयोगले नै यतिका सम्भव भएको बताए ।  

प्रशासन, सुरक्षकर्मी र जनप्रतिनिधी व्यवस्थापक भएकोले जस्तो महामारी भएपनि डराउन नमिल्ने बताउदै एक अर्कालाई सहयोग गरेर विपतसँग सामाना गरी जीवन बचाउने युद्धका फौज सरहका फ्रन्टलाइनका स्वास्थ्यकर्मीलाई दुरुत्साहन नगरी काममा प्ररित र प्रोत्साहन गर्नु पर्ने बताए ।  

स्थानीय तह, राजनैतिक दल, सुरक्षा र प्रशासन बीचको समन्वय र सहकार्यबाट नै भाइरसबाट जित्न सकिने भएकोले ४ प्रकारको क्वारेन्टाइन बनाउन आग्रह गरे । संक्रमण नभएको क्षेत्रबाट आएकालाई होम क्वारेन्टिन, संक्रमित क्षेत्रबाट आएका स्वास्थ्य व्यक्तित्वका लागि निश्चित समुदायहरु मिली सामुदायिक क्वारेन्टिन, संक्रमण फैलेको ठाउँबाट आएका लागि स्थानीय सरकारको व्यवस्थापनमा स्थानीय तह स्तरीय क्वारेन्टिन र जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको व्यवस्थापनमा लामो समय बस्न नमिल्ने गरी सिमाको रहेका नेपालीहरुको समस्या समाधान गर्न जिल्ला स्तरीय क्वारेन्टिन बनाउनु पर्ने बताए ।  

त्यस्तै दुई दिन भित्र २ सय वेडको आइसोलेसन सेन्टर निर्माण गर्न तयारी गर्ने जसको खर्च तत्काल व्यवस्थापन गरी प्रदेश सरकारले कोभिड कोषबाट खर्च व्योहोर्ने बताए । प्रदेश सरकारको कोषले अहिले कोरोना विशेष अस्पतालको सम्पूर्ण व्यवस्थापन गरिरहेको छ, प्रदेशमा पनि संक्रमणबाट विरामीहरु बढदै गएकोले तत्कालै ती अस्पतालको क्षमता बृद्धि र जनशक्ति व्यवस्थापनमा पनि लागेको बताए ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १९:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया