नेपालमा कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या ९

कोरोनाभाइरस संक्रमण रोकथामका लागि अघिल्लो तहमा खटिइरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ । अहिलेसम्म नेपालमा कोरोनाभाइरस संक्रमित सुरक्षाकर्मी मात्रै ९ जना पुगिसकेका छन् । 

अनि नेपालमा तीनै तहका सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । 

सबैभन्दा पहिले सशस्त्रका एक जवानमा कोरोनाभाइरस संक्रमण देखिएको थियो । उनी भक्तपुरका थिए ।

लगत्तै बारामा कार्यरत नेपाल प्रहरी, महोत्तरीमा रहेका नेपाली सेनाका दुई कर्मचारीमा पनि कोरोनाभाइरस संक्रमण देखियो। 

योसँगै अब नेपाल प्रहरी, सशस्त्र प्रहरीका तीन–तीन जना, नेपाली सेनाका दुई तथा राष्ट्रिय अनुसन्धान विभागका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

शनिबार नेपाली सेनामा कोरोनाभाइरस पुष्टि त मध्यपूर्वी पृतनाका पृतनापति नै भएको पनि समाचार बाहिर आएको छ ।



योसँगै नेपालमा सबै सुरक्षा निकायले थप सतर्कता बढाएका छन् । 



  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १९:४६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया