एक नर्ससहित थपिए ३ संक्रमित, कूल २९५

आइतबार थप तीन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यीमध्ये एक जना धनकुटा जिल्ला अस्पतालमा कार्यरत नर्स रहेको खुलेको छ । उनी ३६ वर्षकी भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

याेसँगै नेपालमा काेराेनाभाइरस संक्रमण पुष्टि भएका नर्सकाे संख्या ४ पुगेकाे छ ।

आइतबार संक्रमित पुष्टि भएका अन्य दुई जना विराटनगरका हुन् । विराटनगर महानगरपालिका २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा पनि काेराेनाभा‍‍इरस संक्रमण पुष्टि भएकाे हाे । 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २९५ पुगेको छ । 

नेपालमा अहिलेसम्म कोरोनाभाइरसका कारण २ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेमा एक जना २९ वर्षकी सुत्केरी महिला र अर्का २५ वर्षका पुरुष छन् । 

अहिलेसम्म नेपालमा ३५ जनाले कोरोनाभाइरस संक्रमणलाई जितेका छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १९:५४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया