भारतसँग सीमा जोडिएका सुनसरीबाहेक सबै जिल्लामा कोरोनाभाइरस संक्रमण

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दुई साता यता ह्वात्तै बढेको छ । केही दिनअघि उदयपुरमा एकै दिन ५७ जनामा कोभिड १९ भएको पुष्टि भएसँगै कोरोनाभाइरस संक्रमितको संख्या पछिल्लो समय ह्वात्तै बढेको हो । 

केही दिन यता दैनिक नेपालमा १० जनाको हाराहारीमा कोरोनाभाइरस संक्रमित भेटिन थालेका छन् । 

अहिलेसम्म नेपालमा दुई जनाले कोभिड १९ का कारण ज्यान पनि गुमाइसकेका छन् । पहिलो पटक नेपालमा कोरोनाभाइरसका कारण ज्यान सिन्धुपाल्चोककी सुत्केरी महिलाले गुमाएकी हुन् । उनको निधन बिहीबार धुलिखेल अस्पतालमा भएको थियो । 

आइतबार विहान बाँकेमा अर्का एक २५ वर्षका युवाले पनि कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । उनी यसअघि क्वारेन्टाइनमा रहेका थिए ।

नेपालमा पछिल्लो समय तराईका जिल्लामा कोरोनाभाइरस संक्रमण निकै द्रुत गतिमा बढिरहेको देखिएको छ । 

आजमात्र विराटनगरमा पनि कोरोनाभाइरस संक्रमित भेटिएका छन् । मोरङमा कोरोनाभाइरस संक्रमित भेटिएसँगै अब नेपालमा कोरोनाभाइरस संक्रमित ३० जिल्लामा भेटिएका छन् । यीमध्ये भोजपुर, बाग्लुङ, कैलाली र कन्चनपुरमा अहिले सक्रिय संक्रमित छैनन् । सिन्धुपाल्चोकमा पनि एक जनाको निधन भएको छ तर त्यहाँ अन्य कोरोनाभाइरस संक्रमित भएको पुष्टि अहिलेसम्म भएको छैन ।



मृतक महिलाका श्रीमान, ११ दिने बच्चा र अन्य आफन्तहरुको परीक्षणका लागि स्वाब लिइएको छ । उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी छ । 

योसँगै नेपालमा भारतसँग सीमा जोडिएका सुनसरीबाहेक सबै जिल्लामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 



त्यसो त नेपालमा भेटिएका अधिकांश कोरोनाभाइरस संक्रमित पनि भारतबाट नै आएका छन् ।

  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार २०:४७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया