अब निजी अस्पतालले पनि कोरोना आरडिटी परीक्षण गर्न पाउने

निजी तथा सामुदायिक अस्पतालहरुलाई पनि अब सरकारले कोरोनाभाइरसको ¥यापिड डायगनोस्टिक टेस्ट (आरडिटी) गर्न अनुमति दिने भएको छ । 

तर, यसका लागि यस्ता अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको स्वीकृति लिनु पर्ने हुन्छ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कोरोना भाइरसको परीक्षणमा सहजता प्रदान गर्न निजी तथा सामुदायिक अस्पताललाई आरडिटी परीक्षण गर्न पाउने गरी निर्देशिका जारी गरेको गरेको जानकारी दिएका हुन् । 

परीक्षणका लागि उपत्यकाभित्र रहेका अस्पतालहरूले स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालहरूले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । देवकोटाका अनुसार निजी अस्पतालहरूले जनस्वास्थ्य प्रयोगशालाले सार्वजनिक सूचीमा उल्लेख गरेका आरडिटी किटहरूको मात्रै प्रयोग गर्न पाउनेछन् ।

परीक्षणपश्चात् दैनिक रूपमा अस्पतालहरूले त्यसको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा पेस गर्नुपर्नेछ । निजी तथा सामुदायिक अस्पतालहरूले आरडिटी परीक्षणबापत शुल्क लिन पाउनेछन् । किट खरिद गरेको मूल्यमा बढीमा २० प्रतिशत शुल्क लिएर परीक्षण गर्न पाउने देवकोटाले बताए ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार २३:८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया