सर्लाहीका संक्रमित युवा काठमाडाैंमै रहेकाे खुलासा

शनिबार कोरोना पोजेटिभ पुष्टि भएका सर्लाहीका १८ वर्षीय युवक वैशाख २८ गते राति सर्लाहीबाट काठमाडौ आएकाे खुलेकाे छ । लकडाउन अघि सर्लाही गएका उनीसहित पाँच जना मोटरसाइकलमा काठमाडाैं फर्किएकाे खुलेकाे छ । 

उनको साथी र उनको भाइ काठमाडौबाट उनी र उनको बहिनीलाई लिन वैशाख २८ गते हेटौडाको बाटो हुँदै सर्लाही गएका थिए ।   

दुई रात सर्लाहीमा बसेर उनीहरु फेरि ३० वैशाखमा काठमाडाैं नै फर्किएकाे पाइएकाे छ । उनी बुढानिलकण्ठमा रहेकाे एक काठ कारखानामा काम गर्ने गर्छन् । 

उनीहरु आएको थाहा पाए लगत्तै स्थानीयको सहयोगमा नगरपालिका स्वास्थ्य शाखाले परीक्षणको लागि दवाव दिएपछि वैशाख ३१ गते परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

६ जनाको परीक्षण गरिएकोमा युवकको मात्र रिपोर्ट पोजेटिभ आएको, एक जनाको रिपोर्ट आउन बाँकी र अन्यको नेगेटिभ रहेको बुढानिलकण्ठ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कुमार दाहालले बताएका छन् । उनको अनुसार संक्रमित युवाकाे सम्पर्कमा थप तीन जनाको परिक्षण गर्न बाँकी छ ।

युवकमा कोरोना पोजिटिभ रहेको थाहा पाएपछि आइतबार नै कन्ट्रयाक्ट ट्रेसिङ गरी सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्ने काम भएको उनले बताए । कन्ट्रयाक्ट ट्रेसिङ गरी सर्लाहीको स्थानीय निकायलाई समेत खवर गरिसकेको बुढानिलकठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए । युवक सर्लाहीको वौरहवा वडा नम्वर – १२ घर भइ कपनमै बस्दै आएकाे खुलेकाे हाे ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार २३:२८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया