Wed, 27 May, 2020


प्रहरी जवानमा कोरोना सङ्क्रमणपछि निरीक्षकसहित २५ जना क्‌वारेन्टाइनमा
फरकधार / जेठ ४, २०७७

जिल्ला प्रहरी कार्यालय, बारा कलैयाको मुद्दा फाँटमा कार्यरत एकजना प्रहरी जवानमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि एक प्रहरी निरीक्षकसहित २५ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।



जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षकसहित सङ्क्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय नजिकै रहेको बाल मन्दिरको प्रहरी क्वारेन्टाइनमा राखिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

सङ्क्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ जना प्रहरीसँगै जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका तीन र जिल्ला सरकारी वकिल कार्यालयका तीनजना सहित ३१ जनाको स्वाब पीसीआर परीक्षणका लागी कलैया अस्पतालमा सङ्कलन गराइएको प्रहरी नायव उपरीक्षक मिश्रले बताएका छन् ।

सङ्क्रमित प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयमै आइसोलेसनमा राखिएको छ । सङ्क्रमित प्रहरी जवान गएको वैशाख २९ गते रौतहटमा रहेको घर गएर ३० गते जिल्ला प्रहरी कार्यालय बारामा फिर्ता आएका थिए ।

प्रहरी जवानमा कोरोनाको पुष्टि भएसँगै जिल्ला प्रहरी कार्यालयमा अति आवश्यक कामबाहेक अन्य सेवाग्राहीलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ । प्रहरी कार्यालयमा नआइ नहुने कामबाहेक अन्यलाई प्रवेश गर्न आइतबारदेखि पूर्णरुपमा निषेध गरिएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताएका छन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्