दिवेश बने अमेरिकन आइडलकाे उपविजेता

नेपाली मुलका दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उपविजेता भएका छन्। टप दुईमा पुगेर मतका आधारमा उनि बाहिरिएका छन्। अमेरिकन आइडल भने २१ बर्षकी जस्ट साम बनेकी छिन्। आजको भएको शोमा टप फाइभमा पुगेका उनी भोटिङ मार्फत टप टुमा पुगेका थिए।

अमेरिकामा रहेका नेपालीहरुले उनलाई उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए। नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका आएका थिए। कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन्।  





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार ९:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया