रौतहटमा ८ र बारामा १ नयाँ संक्रमित, नेपालमा ३०४ नयाँ संक्रमित

सोमबार विहान स्वास्थ्य मन्त्रालयले जनाएअनुसार रौतहटका मात्र ८ जना नयाँ कोरोनाभाइरस संक्रमित थपिएका छन् । त्यस्तै, बाराका एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

सोमबार विहान थपिएका ९ जनासहित अब नेपालमा ३०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । 

सोमबार थपिएका संक्रमिट रौतहटको इशनाथ नगरपालिकाका ८ जना हुन् भने बाराको करैयामाईका एक जना हुन् । काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार रौतहटको इशनाथ नगरपालिकामामा २१, २१, २३, २५, २५ २९, ३० वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै, रौतहटकै माधवनारायण नगरपालिकामा २८ वर्षकी एक महिलामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

बाराको करैयामाईमा ३८ वर्षका एक पुरुषमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । 

उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

 





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार ९:२२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया