भारतबाट आएका २ सय ६८ जना कर्णाली पुगे

लामो बन्दाबन्दीपछि भारतमा रेल सेवा सुरु भएसँगै रोजगारीका लागि त्यहाँ गएका कर्णालीवासी फर्किन थालेका छन् । शनिबार र आइतबारसम्म दुई सय ६८ जना नागरिक कर्णाली भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली भित्रिने प्रमुख नाका बबई हुँदै उनीहरू भित्रिएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीका अनुसार सुर्खेत ५६, दैलेख ९६, जाजरकोट १४, कालीकोट २६, जुम्ला २८ र हुम्लाका एकजना भित्रिएका छन् । त्यस्तै गरी सल्यान १२ र रुकुम पश्चिमका २६ जना मानिस भित्रिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए । उनका अनुसार भारतबाट आएकालाई सुरक्षित क्वारेन्टिनमा पु¥याइएको छ । सुदूरपश्चिमको अछामका नौजना नागरिक पनि कर्णाली हुँदै भित्रिएको उनले जनाए ।

भारतबाट आएकालाई जुन गाडीमा आएका थिए सोही गाडीमा सम्बन्धित पालिकाको क्वारेन्टिनसम्म स्कर्टिङ गरेर पु¥याइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा प्रदेश सरकारकी प्रवक्ता विमला केसीले बताइन् । उनीहरू भित्रिएपछि कर्णालीमा संक्रमणको त्रास पनि बढेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १०:२७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया