कोरोनाबाट मृत्यु भएकी महिलाका १३ दिने शिशु र परिवारका अन्यमा कोरोना देखिएन

नेपालमा कोरोनाभाइरसबाट पहिलो मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका सदस्य सबैको कोरोनाभाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।

उनको मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयले उनका १२ दिने शिशु र श्रीमानसहित परिवारका सबैको स्वाब संकलन गरेको थियो । 

सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अब सिन्धुपाल्चोक घर पठाउने भइएको छ । यसअघि उनीहरुलाई धुलिखेल अस्पतालमा नै राखिएको थियो । बाह्रबिसे घर लगिए पनि उनीहरु सबैलाई १४ दिने क्वारेन्टाइनमा राखिने छ । 

त्यसपछि फेरि पिसिआर परीक्षण गरिने जनाइएको छ ।

सिन्धुपाल्चोककी यी सुत्केरी महिलाको धुलिखेल अस्पतालमा बिहीबार राति निधन भएको थियो । 

नेपालमा अब कोरोनाका कारण्डा मृत्यु हुनेको संख्या २ पुगिसकेको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १०:३६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया