बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी र उनको परिवारलाई भारत सरकारले १४ दिनको होम क्वारेन्टाइनमा राखेको छ ।
समाचार एजेन्सी पिटिआईले प्रहरीको हवाला दिँदै लेखेको छ, ‘नवाजुद्दीन इद मान्नका लागि उत्तर प्रदेशमा आफ्नो गाउँ पुगेका हुन् ।’
मुम्बईबाट उत्तर प्रदेश पुगेका नवाजुद्दीनको परिवारलाई स्थानीय सरकारले होम क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । अब उनीहरु १४ दिन घरबाट बाहिर निस्किन पाउने छैनन् ।
तर, इद मनाउनकै लागि उत्तर प्रदेश पुगेपछि नवाजुद्दीनको आलोचना सामाजिक सन्जालमा बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।