सप्तरीमा जंगली हात्तीकाे तमासा

सप्तरीमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन  हात्तीको समूहले स्थानीयको घर भत्काएर खाद्यान्न नष्ट गर्न थालेका छन् । गए राति हात्तीकाे समूहले अग्निसाइर कृष्ण सवरण गाउँपालिका–६ मोहनपुरका मोतीलाल विश्वकर्माको घर भत्काएको छ । हात्तीले अन्नसमेत खाइदिएपछि विश्वकर्माको बिजोग भएको स्थानीय बाबुराम बस्नेतले बताए । चार वर्षअघि श्रीमतीको मृत्युपछि विश्वकर्मा घरमा एक्लै बस्दै आएका थिए ।

लकडाउनले रोजगारी खोसिएका बेला हात्तीले घर भत्काई खाद्यान्नसमेत खाइदिएपछि छाक टार्न समस्या भएको पीडितहरु बताउँछन् ।      

सप्तरीको उत्तरी भेगको बस्तीमा दैनिक मध्यरात भएपछि हात्तीको समूह गाउँ प्रवेश गरी घर भत्काउन थालेकाले आंतक बढेको छ । आरक्षबाट आएका तीनवटा हात्तीको समूहले वैशाखको अन्त्यमा शम्भुनाथ नगरपालिका–२ भलुवाहीकी ३८ वर्षीया जानुका मगरको ज्यान लिएको थियो । 

अग्निसाइर कृष्ण सवरण गाउँपालिका–५ मोहनपुरमा पुष्पराज बन्जारा र अम्बिका राईको घर भत्काएको थियो । वैशाखकै तेस्रो साता सोही गाउँपालिका–२ मा प्रवेश गरेको हात्तीको समूहले वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरी धान, गहुँ, चामललगायतका खाद्यान्न खाएको थियो ।      

दिनभरि नजिकैको जंगलमा बस्ने हात्तीले रात परेपछि गाउँ प्रवेश गरेर दैनिकजसो घर तोडफोड र मानिसमाथि आक्रमण गर्दै आएको छ ।  





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार ११:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया