सर्वोच्चमा बृहत् पूर्ण इजलास बस्दै

काठमाडौं– कोरोना भाइरसको कारण मुद्दामा देखिएका बाधा अड्चन फुकाउने उद्देश्यले आज सर्वोच्च अदालतमा १९ सदस्यीय बृहत् पूर्ण इजलास बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा कोरोना भाइरसको कारण मुद्दामा देखिएका बाधा अड्चन फुकाउन इजलास बस्‍न लागेको हो । 

लकडाउनका कारण प्रभावित हुने मुद्दाको सम्बन्धमा राय लिन सर्वोच्च अदालतले तोकेको एमिकस क्युरीहरूले इजलासबाट तत्काललाई उपयुक्त व्याख्या गरी पछि संसदबाट छुट्टै कानुन जारी हुनुपर्ने सुझाव दिएपछि आज बृहत् पूर्ण इजलास बस्‍न लागेको हो ।

जानकारहरूका अनुसार तुंगशमशेर राणाको मुद्दापछि सर्वोच्चका १९ न्यायाधीशसहितको बृहत् पूर्ण इजलास बसेर निर्णय गर्न लागिएको यो पहिलोपटक हो । 
 





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार ११:३२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया