भारतको गुजरातमा लकडाउनको विरोध गर्दै बाटोमा निस्किएका सयौँ मजदूर र प्रहरीबीच झडप भएको हो । अहमेदाबादमा गुजरात प्रहरीलाई मजदूरहरुले ढुंगा प्रहार गर्न थालेपछि यो झडप भएको हो ।
मजदूरहरुले आफूहरु आफ्नो घर जान पाउनु पर्ने भन्दै सडकमा निस्किएका थिए । उनीहरुले सरकारविरोधी नारा पनि लगाएका थिए ।
प्रहरीले त्यहाँ जम्मा भएको भीडलाई नियन्त्रणमा लिन अश्रुग्याँस पनि प्रहार गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।