नेपालमा देखिएको कोरोनाको फरक ट्रेन्डः बढी प्रभावित छन् युवा

पहिलो पटक नेपालमा जनवरीमा एक युवामा कोरोनाभाइरस संक्रमण देखियो । उनी चीनबाट नेपाल फर्किएका थिए । उनको उमेर ३० वर्षभन्दा कम थियो । 

नेपालमा दोस्रो कोरोनाभाइरस संक्रमित पनि फ्रान्सबाट फर्किएकी एक युवती थिइन् । उनको उमेर पनि १९ वर्षको मात्र थियो । 

सरसर्ती हेर्दा सोमबार विहानसम्म जति नेपाली कोरोनाभाइरसबाट नेपालमा संक्रमित भेटिएका छन्, अधिकांश युवाहरु नै छन् । नेपालमा भेटिएका अधिकांश संक्रमितहरु ४० वर्षभन्दा कमका देखिएका छन् ।

यतिमात्र होइन, नेपालमा दुई जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । दुवैको उमेर ३० वर्षको भन्दा कम छ । सिन्धुपाल्चोककी सुत्केरी महिला २९ वर्षकी थिइन् भने बाँकेमा ज्यान गुमाएका युवा २५ वर्षका ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकलाई हेर्ने हो भने अहिलेसम्म नेपालमा ४० वर्षभन्दा कम उमेर समूहका संक्रमितको संख्या ५५ प्रतिशतभन्दा कम छ । यसमा पनि ३० वर्षभन्दा कमका संक्रमित ३२ प्रतिशत रहेका छन् ।

नेपालमा ३० वर्षभन्दा कमका १०४ जना संक्रमित भएका छन् भने त्यसभन्द माथि र ४० वर्षभन्दा कमका ७८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।



नेपालमा सबैभन्दा कम उमेरमा संक्रमण चाहिँ पर्सामा २ महिनाका एक शिशुमा देखिएको छ । उनको घरका १८ मध्ये १७ सदस्यमा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

नेपालमा सबैभन्दा कम उमेरमा संक्रमण चाहिँ पर्सामा २ महिनाका एक शिशुमा देखिएको छ । उनको घरका १८ मध्ये १७ सदस्यमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।



विदेशमा ६० वर्षभन्दा बढी मानिसमा कोरोना संक्रमण बढी देखिए पनि नेपालमा ६० वर्षभन्दा माथि १४ जनालाई मात्र कोरोनाभाइरस संक्रमण देखिएको छ ।

विदेशमा जस्तै नेपालमा पनि कोरोनाभाइरसबाट अहिलेसम्म बढी पुरुषमा संक्रमण देखिएको छ । 

 

आखिर महिलाभन्दा बढी पुरुषमा किन देखिन्छ त संक्रमण ?

यसको स्पष्ट जवाफ अहिलेसम्म आएको छैन । तर, अनुसन्धानकर्ताहरु अब यसको खोजीमा लाग्न थालेका छन् ।

अक्सफोर्ड विश्वविद्यायका प्रोफेसर फिलिप गोल्डरले चाहिँ महिलाको रोगप्रतिरोधात्मक क्षमता पुरुषको भन्दा बढी हुने भएकाले यस्तो भएको हुनसक्ने बताएका छन् । कुनै पनि भाइरस सक्रिय हुनका लागि र विशेषगरि कोरोनाभाइरस सक्रिय हुनका लागि शरीरमा भएको एक्स क्रोमोजोमको ठूलो भूमिका हुने भएको र महिलामा यो क्रोमोजोम दुई वटा हुने भएकाले उनीहरुले भाइरसलाई सहजै निस्तेज गर्न सक्ने पनि बताइएको छ ।

अर्कोतिर पुरुष यो भाइरसको बढी शिकार हुनुको कारण चाहिँ उनीहरुको जीवनशैली पनि मानिएको छ । जो मानिसहरु गुट्खा, चुरोट वा तम्बाकु सेवन गर्छन्, उनीहरुमा जुनसुकै बिमारी पनि घातक हुने देखिन्छ, अनि कोरोनाभइरस पनि । 

महिलाको तुलनामा पुरुषले बढी चुरोट पिउने भएकाले पनि कोरोनाभइरसले उनीहरुलाई बढी असर गरेको मान्न थालिएको छ । जस्तो कि, चीनमा ५० प्रतिशत पुरुषहरुले चुरोट सेवन गर्छन् । तर, चीनमा चुरोट सेवन गर्ने महिलाको संख्या पाँच प्रतिशतमात्र छ । यसलाई एउटा कारण मानिएको छ तर यो पनि अहिलेसम्म प्रमाणित भइसकेको तथ्य चाहिँ होइन ।

तर, यो भाइरस फैलिएसँगै पछिल्लो समय के देखिएको छ भने वृद्ध पुरुषमा पनि यो भाइरसको संक्रमण वृद्ध महिलामा भन्दा बढी भएको छ । अनि ठिक हुने सवालमा पनि महिलाहरु छिटो र धेरै ठिक भइरहेका छन् । यसको कारण के होला रु यसबारे अहिलेसम्म वैज्ञानिकहरुले ठोस कारण भन्न सकेका छैनन् । 

  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १४:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया