नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।
बाँकेमा ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै यो संख्या बढेको हो ।
बाँकेका १ सय ९० जनाको कोरोनाभाइरस परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको हो । यीमध्ये ४६ जना पुरुष र एक महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
नेपालमा योसँगै ३५१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो । यीमध्ये ३६ जना निको भएर फर्किएका छन् । नेपालमा दुई जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।