नेपालमा कोरोनाभाइरस संक्रमण विस्तारै बढ्दो मात्र होइन, विभिन्न क्षेत्रमा फैलिँदो पनि छ ।
आज परीक्षण रिपोर्ट आएसँगै अब नेपालका ३१ जिल्लामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । तराईमा भारतसँग सीमा जोडिएका सुनसरीबाहेक अन्य सबै जिल्लामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।
पहाडमा पनि धनकुटादेखि भोजपुर, गुल्मी, बाग्लुङलगायतका जिल्लामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।
नेपालमा कोरोनाका कारण पहिलो मृत्यु पनि सिन्धुपाल्चोक जिल्लाकी एक सुत्केरी महिलामा भएको थियो ।
नेपालमा अहिलेसम्म ३५७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यीमध्ये ३६ जना ठिक भएर घर फर्किएका छन् । दुई जनाको निधन भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।