चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व स्वास्थ्य एसेम्ब्लीमा चीनले अब कोरोनाभाइरस महामारीबाट पार पाइसकेको र चीन खुलिसकेको बताएका छन् ।
साथसाथै उनले आफूहरु पारदर्शी भएको र कुनै पनि कुरा नलुकाएको पनि बतएका छन् । ‘हामी खुला, पारदर्शी र जिम्मेवार भएर काम गरिरहेका छौँ,’ उनले भनेका छन् ।
उनले चीनले महामारी अन्त्यपछि जाँच गर्न पनि दिने तर त्यो जाँच निश्चित उद्देश्यसहितको हुनु पर्ने र कुनै पनि आधारमा भेदभाव नभएको हुनु पर्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।