फ्रेन्च राष्ट्रपतिले भने– स्वास्थ्यमा राजनीति नगरौँ, झगडा नगरौँ

विश्व स्वास्थ्य सम्मेलनमा अब फ्रेन्च राष्ट्रपतिले आफ्ना धारणा राख्न थालेका छन् । यसअघि चिनियाँ राष्ट्रपतिले यो कार्यक्रममा आफ्नो धारणा राखेका थिए । यो भिडियोमार्फत् गरिएको कार्यक्रम हो ।

फ्रेन्च राष्ट्रपति फ्राँस्वाँ होल्यान्डले स्वास्थ्य झगडा गर्ने विषय नभएको बताएका छन् । उनले कोरोनाभाइरससँग लड्ने यो समयमा राजनीति गर्न पनि नहुने बताएका छन् । 

यदि हामीले भ्याक्सिन बनाउन सक्यौँ भने यसमा सबैको एक्सेस हुनुपर्छ, उनले भनेका छन् । 

उनले यो भाइरस रहँदासम्म सबैका लागि चुनौति हुने पनि बताएका छन् । 

‘मानिसको स्वास्थ्य झगडा गर्ने कुरा होइन, यो किन्न र बेच्न सकिँदैन,’ उनले भने, ‘यसमा झगडा नगरौँ ।’





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १७:१२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया