गुल्मीका संक्रमित बुटवलको अस्पतालमा आइसियूमा

पहिलो पटक आज गुल्मीमा पनि कोरोनाभाइरस संक्रमित भेटिएका छन् । योसँगै नेपालका ३१ जिल्लामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षका युवामा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

तर, उनी अहिले गुल्मीमा नभएर बुटवलमा छन् । र, अस्पतालमा । केही दिनअघि देखि नै स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि उनी बुटवल आएको खुलेको छ ।

बुटवलको क्रिमसन अस्पतालमा भर्ना भएका उनीमा कोरोनाभाइरस कसरी संक्रमण भयो भन्ने चाहिँ खुलेको छैन ।

अब उनको उपचारमा संलग्न चिकित्सक तथा नर्सहरु र अस्पतालका अन्यको पनि परीक्षण गर्ने तयारी चलेको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १७:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया