एक सहसचिवकाे बढुवा, पाँचकाे सरुवा

सरकारले एक सहसचिवलाई सचिवमा बढुवा गरेको छ भने पाँच सहसचिवलाई सरुवा गरेको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सहसचिव गोकर्णमणी दवाडीलाई सचिवमा बढुवा गरेको हो।

शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले अनिवार्य अवकाश पाएसँगै रिक्त हुन गएको सचिव पदमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा सचिवको रुपमा कार्यरत सहसचिव दवाडीलाई बढुवा गरिएको हो।  

यसैगरि बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत पाँच सहसचिवको सरुवा गरेको छ। बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव शेषनारायण पौडेललाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक दीप काफ्लेलाई बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूमिराज शर्मा अर्थ मन्त्रालयमा सरुवा गरेको छ।

त्यसैगरि सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद लम्साललाई बाग्मती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ भने प्रदेश नम्वर ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शंकरप्रसाद खरेललाई सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशमा सरुवा गरिएको हो। सरकारले बरिष्ठ सहसचिवहरुलाई प्रदेशका विभिन्न मन्त्रालयहरुमा सचिवको जिम्मेवारी दिँदै आएको छ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १८:३१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया