पहिलो पटक गुल्मीमा भेटिएका कोरोनाभाइरस संक्रमितको अवस्था गम्भीर छ । उनलाई अहिले बुटवलको मणिग्राममा रहेको क्रिमसन अस्पतालको आइसियूमा राखेर उपचार गरिँदै छ । उनको अवस्था गम्भीर भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहिएको बताइएको छ ।
उनी गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोट दहका हुन् ।
उनलाई २८ वैशाखबाट नै सास फेर्न गाह्रो भएको थियो । निमोनिया भएको हुनसक्ने भन्दै स्थानीय क्लिनिकमा उनी पुगेका थिए । तर, ५÷६ दिनसम्म पनि ठिक नभएपछि उनलाई बुटवलको अस्पतालमा १ जेठमा भर्ना गरिएको हो ।
उनको त्यहाँ आइसियूमा राखेर उपचार थालियो ।
तर, स्वास्थ्यमा सुधार नभएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । आजमात्र उनको कोरोनाभाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अनि बुटवलको अस्पताल पनि सिल गरिएको छ ।
२ जेठमा उनको थ्रोट स्वाब संकलन गरिएको जनाइएको छ ।
तर, उनलाई कसरी कोरोनाभाइरस सर्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।