विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)माथि बारम्बार आक्रमण गर्दै आएको अमेरिकाले यसपटक पनि प्रहार गरेको छ ।
विश्व स्वास्थ्य एसेम्ब्लीमा अमेरिकाले डब्लूएचओमाथि फेरि प्रहार गरेको हो ।
अमेरिकी स्वास्थ्यमन्त्री एलेक्स आजरले अब डब्लूएचओको कुनै अर्थ नभएको बताएका हुन् । ‘हामीले सिधा कुरा गर्नुपर्छ,’ उनले भने, ‘विश्वलाई जुन जानकारीको जरुरत थियो, डब्लूएचओले त्यो जानकारी दिन सकेन । अहिले विश्वमा कयौँ ज्यान जानुमा डब्लूएचओको काम नभएकाले हो ।’
उनले चीनको नाम नलिइ एक सदस्य राष्ट्रले यस्तो महत्वपूर्ण जानकारी लुकाउन खोजेको पनि आरोप लगाए । उनले डब्लूएचओ पारदर्शी नभएको गुनासो पनि गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।