खोटाङका नयाँ संक्रमितः काठमाडौंबाट गएका थिए, काठमाडौंमा फाइनान्समा काम गर्थे

पूर्वी पहाडी जिल्ला खोटाङमा पनि कोरोनाभाइरस संक्रमित भेटिएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका २० वर्षका एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि सोमबार अबेर राति भएको हो । 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका यी युवा खासमा काठमाडौंमा बस्थे । उनी १२ वैशाखमा मात्र खोटाङ पुगेका थिए । खोटाङ पुगेलगत्तै उनलाई होम क्वारेन्टाइनमा नै बस्न भनिएको थियो ।

नगरपालिकाले काठमाडौंमा अलपत्र परेकाहरुलाई लैजान एउटा गाडी रिजर्भ गरेको थियो । यी संक्रमित युवा त्यही गाडीमा घर पुगेका थिए ।

अब नगरपालिकाले त्यो गाडीमा गएका सबै जनालाई खोज्न सुरु गरेको छ । तर, अहिलेसम्म सबैजना भेटिएका छैनन् । पहिले र्यापिड टेस्टमा कोरोनाको रिपोर्ट नेगेटिभ आएकाहरुलाई घर जान दिइएको छ । यी युवाको चाहिँ २ जेठमा स्वाब संकलन भएको थियो । 

काठमाडौंमा फाइनान्समा पैसा उठाउने काम गर्ने यी युवालाई अब विराटनगरको कोशी अस्पतालमा लैजाने तयारी गरिएको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार २३:२६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया