कर्णाली प्रदेशमा पहिलो पटक कोरोनाभाइरस संक्रमित फेला परेका छन् । उनी दैलेखको आठविसकोट नगरपालिकाका हुन् । ३५ वर्षीय यी युवा जेठ लागेपछि मात्रै भारतबाट नेपाल आइपुगेका थिए । अनि दैलेख पुगेका थिए ।
दैलेख जाँदा उनीसँगै गाडीमा अरु ३९ जना पनि थिए ।
पहिले सुर्खेतमा उनको स्वाबको नतिजा पोजेटिभ आएको थियो । त्यसलाई कन्फर्मेसनका लागि नेपालगन्ज पठाइएको थियो । त्यहाँ पनि उनमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भयो ।
उनी आठविस नगरपालिकामै बनाइएको क्वारेन्टाइनमा छन् । त्यहाँ लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका उनीसँग अन्य ३९ जना पनि छन् ।
अब उनीसँगै रहेका ३९ जनाको पनि स्वाब पुनः परीक्षण गरिने भइएको छ । अनि उनलाई सुर्खेतको आइसोलेसन अस्पतालमा ल्याउने तयारी भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।