कोरोनाभाइरसः अमेरिकामा मृत्यु हुनेको संख्या ९० हजार कट्यो

कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा अब कोरोनाका कारण मृत्यु हुनेको संख्या ९० हजार कटेको छ । 

जोन्स हप्किङ्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ९० हजार ३ सय १२ जनाको कोभिड १९ का कारण निधन भएको छ । 

यसपछि कोभिड १९ का कारण बेलायतमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् । धेरै ज्यान गुमाउनेमा इटाली तेस्रो देश हो । यी दुई देशमा क्रमशः ३४ हजार ८ सय ७६ र ३२ हजार ७ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार ३:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया