जम्मु–कश्मीरमा सुरक्षाकर्मी र भूमिगत समूहबीच भिडन्त, इन्टरनेट र मोबाइल सेवा बन्द

काठमाडौं– जम्मु–कश्मीरमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भएको छ । श्रीनगर क्षेत्रमा सोमबार राति दुई बजेदेखि मुठभेड जारी रहेको बताइएको छ ।

श्रीनगरको कानेमजार नवाकदल इलाकामा इन्काउन्टर सुरु भएको छ । जम्मु–कश्मीर प्रहरी र सीआरपीएफले आफ्नो काम गरिरहेका छन् । श्रीनगर क्षेत्रमा भएको सो भिडन्तको क्षतिको विवरण भने आइसकेको छैन ।

आतंकवादी लुकेर बसेको सूचना पाएपछि श्रीनगर क्षेत्रमा रातिदेखि सर्च अपरेसन चलाइएको थियो । घना वस्ती रहेको सो क्षेत्रमा सुरक्षाकर्मीले केही घरलाई घेरा हालेपछि गोली हानाहान सुरु भएको हो ।

गत आइतबार श्रीनगर क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट हिजबुल मुजाहिद्दिन समूहका ताहिर अहमद मारिएका थिए । ११ दिन अगाडि मारिएका रियाज नाइकु पछिको यो दोस्रो ठूलो इन्काउन्टर थियो ।

श्रीनगर क्षेत्रमा अहिले इन्टरनेट र मोबाइल सेवा बन्द गरिएको छ । बीएसएनएलको पोस्टपेड सेवा भने चलेको छ ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार ९:५६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया