अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससलाई ३० दिने अल्टिमेटम दिएका छन् । यी ३० दिनमा उनले विश्व स्वास्थ्य संगठनमा ‘महत्वपूर्ण सुधार’ आउनु पर्ने माग राखेका छन् । अन्यथा अमेरिकाले दिँदै आएको पैसा डब्लूएचओले कहिल्यै नपाउने गरि स्थायी रुपमा रोकिदिने बताएका छन् ।
ट्रम्पले एक ट्विट गर्दै टेड्रोसलाई पठाएको चिठी पनि सार्वजनिक गरेका छन् । यो चिठीमा डब्लूएचओले आवश्यक काम नगरेको आरोप उनले लगाएका छन् । ‘बारम्बार कोरोनाभाइरस फैलिने कुरालाई इग्नोर’ गरिरहेको भन्दै ट्रम्पले डब्लूएचओले चीनलाई धेरै सहयोग गरिरहेको आरोप पनि लगाएका छन् ।
उनले डब्लूएचओले बारम्बार चीनलाई प्रशंसा गरेको र अबको बाटो भनेको चीनबाट स्वतन्त्र भएको प्रमाणित गर्नु भएको पनि बताएका छन् ।
डब्लूएचओले मुख्य र महत्वपूर्ण तथा देखिने सुधार नगरेको खण्डमा अमेरिकाले दिँदै आएको रकम स्थायी रुपमा रोक्ने र आफ्नो सदस्यता पनि निकाल्ने चेतावनी ट्रम्पले दिएका छन् ।
योसँगै अब चीन र अमेरिकाको सम्बन्ध पनि थप बिग्रिने निश्चित भएको छ । यसअघि पनि ट्रम्पले डब्लूएचओलाई यस्ता बारम्बार आरोप लगाउँदै आएका थिए । उनको आरोपलाई चाहिँ डब्लूएचओले सधैं खण्डन गर्दै आएको छ । बरु चीनले अमेरिकी आरोपमा कुनै सत्यता नभएको बताउँदै आएको छ ।
This is the letter sent to Dr. Tedros of the World Health Organization. It is self-explanatory! pic.twitter.com/pF2kzPUpDv
— Donald J. Trump (@realDonaldTrump) May 19, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।