स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य

काठमाडौ- विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य थालेको छ । कोरोना महामारी र लकडाउनका कारण विश्वभर लाखौँ नेपाली अलपत्र छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना महामारी नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार बस्दै छ । सो बैठकमा अन्य देशमा रहेका नेपाली नागरिक फर्काउने मोडालिटीमाथि छलफल हुने बताइएको छ । 

प्रधानमन्त्रीले संसदमा नीति तथा कार्यक्रममाथिका प्रश्नहरुको जवाफ दिनुअघि कतिपय देशबाट नागरिक उद्धार गर्नुपर्ने अवस्था रहेकाले उनीहरुको व्यवस्थापनबारे पनि छलफल भइरहेको छ । 

उनीहरुलाइै ल्याएर राख्ने क्वारेन्टाइन तथा ल्याउने प्रक्रियाबारे धेरै चरणमा परामर्श भएर अब निर्णय प्रक्रियामा पुगेको स्रोतले जनाएको छ ।

विदेशमा रहेकाहरुलाई स्वदेश फर्काउने तयारीका सन्दर्भमा उपप्रधानमन्त्री पोखरेलले सोमवार पनि सम्बन्धित मन्त्रीहरुसँग रक्षामन्त्रालयमा अनौपचारिक छलफल गरेका थिए । 





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १०:११:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया