ट्रक, रेल र पानीजहाजबाट बिजुली जाँदैन, ट्रान्समिसन लाइन चाहिन्छः प्रधानमन्त्री ओली

सरकारका नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन संसदमा सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा एमसिसीबारे ल्याएको भनेर आलोचना गर्ने सांसदहरुलाई कडा जवाफ दिएका छन् । 

उनले भनेका छन्, ‘बिजुली बाहिर बेच्ने भनेको छ, बंगलादेशमा लैजाने भनेको छ । अब बिजुली ट्रक, रेल र पानीजहाजबाट जाँदैन, ट्रान्समिसन लाइन त चाहियो नि ।’

उनले नीति तथा कार्यक्रममा भएका लप्सीफेदी ट्रान्समिसन लाइन जसरी पनि बनाउने पनि दाबी गरे ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १३:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया