प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकसित राष्ट्र हुने बताएका छन् ।
उनले अहिले कोरोना भाइरस महामारीका कारण विकास नै गर्न नहुने भन्ने नभएको बताएका छन् । उनले अहिले कोरोना छ भन्दैमा विकासका केही पनि काम ल्याउन नहुने भन्नेबारे उठेका आवाजको खण्डन गरेका छन् ।
दुई वर्ष यता सरकार बनेपछि साग गेम्समा ५२ स्वर्ण जितेको पनि श्रेय आफ्नो सरकारलाई दिए । ‘अघिल्लो वर्ष ३ वटा, एउटा पाइला मात्र के चालेको ५१ वटा थपिए,’ उनले भने, ‘आत्मविश्वास भनेको के हो भन्ने थाहा भयो नि ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले निराश नहुने बताएका छन् ।
उनले अब तुइन इराको अन्त्य आफ्नो सरकारले गरेको पनि बताएका छन् । ‘काममा प्रतिस्पर्धा गरौँ,’ उनले भने, ‘यो सरकारलाई ओझेलमा पार्ने, जनतामा भ्रम फैलाउने प्रयासबाट कसैले सफलता प्राप्त गर्न सक्दैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।