काठमाडौंका संक्रमितः रौतहटबाट फर्किएका, आफैं परीक्षण गर्न टेकु पुगेका

मंगलबार काठमाडौंमा भेटिएका तीन संक्रमितमध्ये एक जना सिनामंगलमा बस्ने गरेको खुलेको छ । उनी त्यहाँ श्रीमती र छोरीसँग बस्ने गरेका छन् । 

उनी मजदूरी गर्ने र केही दिनअघि मात्र रौतहटबाट काठमाडौंमा आएको पनि खुलेको छ ।

लकडाउन पछि उनी रौतहट पुगेका थिए । त्यहाँबाट उनी वैशाख अन्तिममा फर्किएका थिए । 

रौतहटमा पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएपछि उनी आफैं टेकु प्रयोगशालामा कोरोना परीक्षण गर्न पुगेका थिए । उनको खास रिपोर्ट सोमबार नै आएको थियो । 

रिपोर्ट आएलगत्तै उनलाई अस्पतालमा राखिएको छ । उनी बस्ने घरमा बस्ने अन्य नौ जनाको पनि कोरोनाभाइरस संक्रमण परीक्षण गरिएको छ । तर, यो परीक्षणमा अन्य नौ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको पिसिआर परीक्षण गर्ने काम अब अगाडि बढेको छ ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १९:३८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया