Tue, 14 Jul, 2020


उपत्यकाका नयाँ कोरोनाभाइरस संक्रमितः दुई प्रहरी
फरकधार / जेठ ६, २०७७

मंगलबार दिउँसो काठमाडौंमा भेटिएका पाँच संक्रमितमध्ये दुई जना प्रहरी भएको खुलेको छ । 



साँखु र फर्पिङमा कार्यरत दुई प्रहरी अधिकारीमा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

योसँगै नेपालमा संक्रमित सुरक्षा संयन्त्रका कर्मचारीको संख्या ९ पुगेको छ । यसअघि सेना, प्रहरी र अनुसन्धानका अधिकृतमा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको थियो । 

मंगलबार कोरोनाभाइरस संक्रमण पुष्टि भएका दुई प्रहरी अधिकारीमा एक जना असई र अर्का एक प्रहरी जवान हुन् । उनीहरु रहेको क्षेत्रलाई अब सिल गर्ने तयारी गरिएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्