काठमाडौंमा ७८ जनाको आरडिटी पोजेटिभ, कालिमाटी, भृकुटीमण्डपका अधिकांश

काठमाडौंका भीडभाड हुने क्षेत्रलाई विशेष ध्यान दिँदै गरिएको कोरोनाभाइरसको ¥यापिड टेस्ट परीक्षण्मा ७८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो टेस्ट कालिमाटी, गोंगबु, भृकुटीमण्डपलगायतका ठाउँमा गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ३ हजारभन्दा बढीको टेस्टमा यो पोजेटिभ आएको हो । 

यसका लागि १ हजार १९ वटा पिसिआर परीक्षण पनि गरिएको मन्त्रालयले जनाएको छ । 

यो सबैबाट ७८ जनाको आरडिटी पोजेटिभ आएको हो । तीमध्य कालिमाटी बजारमा मात्र ३ जनाको पोजेटिभ रिपोर्ट आएको थियो । तर, उनीहरुको पिसिआर परीक्षणमा नेगेटिभ आएको छ ।

त्यस्तै, सरसफाइमा गरिएका ६६४ आरडिटी टेस्टमा ३१ जनाको पोजेटिभ आएको छ । उता, गोंगबु क्षेत्रमा गरिएको ४२० आरडिटी परीक्षणमा १५ वटा पोजेटिभ रिपोर्ट आएको छ । १७२ वटा पिसिआर रिपोर्ट आउन बाँकी छ ।

त्यस्तै, भृकुटीमण्डपमा ४५२ वटा आरडिटी परीक्षणमा ३२ वटा पोजेटिभ आएको छ । त्यहाँ गरिएको २४६ पिसिआर रिपोर्ट पनि आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार २१:५६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया