लमजुङका संक्रमितः ३ वर्षका बालक, छन् काठमाडौंमै
साङ्केतिक तस्वीर

मंगलबार थपिएका कोरोनाभाइरस संक्रमितमध्ये एक जना लमजुङको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लमजुङमा पहिलो पटक कोरोनाभाइरस संक्रमित भेटिएका हुन् ।

मंगलबार लमजुङका संक्रमित भनिए पनि उनी कहाँ छन् भन्ने खुलेको थिएन । अब यी संक्रमित ३ वर्षका बालक भएको र उनी काठमाडौंमा नै रहेको खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङका एक व्यक्तिमा कोरोना संक्रमण भएकोबारे जानकारी आएपछि तीव्र खोजी भएको थियो । कोरोना संक्रमण हुन सक्ने आशंकमा शुक्रराज ट्रपिकल अस्पतालमा परीक्षण गर्दा ती ३ वर्षीय बालकमा कोरोना संक्रमण भएको जानकारी आएको उनले बताए ।

परिवारका अन्य सदस्यको कोरोना संक्रमण परीक्षण भए नभएको बारे जानकारी नआएको उनले बताए ।

प्रजिअ खड्काले लमजुङका ती बालक हाल काठमाडौं महानगरपालिका वडा नं। १६ वनस्थली बस्दै आएको बताए । बालकको परिवार कहिलेदेखि काठमाडौं बस्दै आएको भन्ने नखुले पनि पछिल्लो समय लमजुङ नआएको बुझिएको बताए ।





  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार १०:१४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया