नक्सा सार्वजनिक हुँदैमा व्यक्तिको देवत्वकरण गर्न आवश्यक छैन : वामदेव

काठमाडौं- मुलुकको नयाँ नक्सा सार्वजनिक भएको विषयमा कुनै व्यक्तिको देवत्वकरण गर्न आवश्यक नभएको नेकपाकै उच्च तहका नेताले टिप्पणी गरेका छन् । नेकपाका उपाध्यक्ष वामदेव गौतमले बुधबार बिहान विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् ।

‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ, पार्टीको सामूहिक निर्णयप्रक्रियाअनुसार नक्सा सार्वजनिक भएको बताउँदै उनले भनेका छन्  यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ ।’

यस सन्दर्भमा आफूले सुरुदेखि नै पार्टीभित्र सशक्त विचार र जोडदार माग राख्दै आएको उनले बताएका छन् । यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव आफैँले पार्टीको बैठकमा राखेको उनले बताएका छन् । 

अहिलेको सरकारको धेरै काम आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 
 





  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार ११:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया